जनजनसम्म बैंकिंग पुर्‍याउँदै पौडेल

नेपालमा निजी बैंकहरू संचालनमा आएको लामो समय खासै भएको छैन । नेपालमा २०६२⁄६३ को जनआन्दोलनको बलमा स्थापना भएको गणतन्त्र पश्चात निजी क्षेत्र व्यापक रूपमा चलायमान बन्न पुगे । अर्थतन्त्रमा दरिलो टेवा पुरययाउने उद्देश्यका साथ नेपालमा निजी क्षेत्रका बैंक, वित्तीय संस्था, सहकारी संस्थाहरु संचालनमा आए । देशलाई आर्थिक रुपमा मजबुत बनाउन र नागरिकको दरिलो गरी आर्थिक स्तरोन्नतीका लागि निजी बैंकहरले कर्जा प्रवाहदेखि लिएर जनजनको निक्षेपसम्ममा आफ्नो पहँच बनाउन सफल भए । तर वित्तीय अनुसाशन कायम गर्नकालागि चुनौती छन भने जोखिमपनि प्रशस्तै छन् ।

बैंकिंग क्षेत्रमा पारदर्शिता, वित्तीय अनुसाशन कायम तथा तरलता जस्ता मुख्य कार्य रहेका छन् । यसै सिलसिलामा बिगत एक दशक देखि बैकिङ्ग क्षेत्रमा आवद्व एक हुन शंकर पौडेल जो हाल सेन्चुरी कमर्शियल बैक,नेपालगंज शाखामा शाखा प्रबन्धकका रुपमा कार्यरत छन् । भारतको देहरादुन बाट एमबीए र अर्थशास्त्रमा मास्टर्स गरेका पौडेलले इन्टरनेश्नल लिजिङ एण्ड फाइनेन्स कम्पनीबाट बैंकिङ क्षेत्रको अनुभव बटुल्न शुरू गरेका थिए । त्यसपछि पौडेलले माछापुच्छ्र्े बैंक, जनता बैंकमा समेत काम गरेका पौडेलले वित्तिय क्षेत्रबारे लामै अनुभव हासिल गरेका छन । बैंकिङ क्षेत्र संवेदनशील, चुनौतीपुणर् र जोखिमयुक्क्त क्षेत्र मानिन्छ ।

यो क्षेत्रमा काम गर्ने जनशक्ति पुणर् रूपमा दक्ष हुन अनिवार्य हुन्छ । अझ उच्च ओहदामा बसेर निती नियम निर्माणदेखि लागु गर्नेसम्मका कार्यमा होस पुर्‍याइएन भने त्यहाँ वित्तीय अनुसाशन कायम गर्न गार्‍हो हुन्छ । प्रभावकारी बैंकिङ संचालन, वित्तीय अनुसाशन तथा देशको अर्थतन्त्रलाई अक्षरंश राख्न पौडेल क्रियाशिल छन् । पौडेलको निश्पक्ष रही कार्य सम्पादन गर्ने शैलीको मक्क्तकण्ठले प्रशंसा हुने गरेको छ । उनी बैंकिङ क्षेत्रमा पारदर्शीता कायम गर्न दृढ संकल्पित छन् । नेपालगञ्जको सामान्य परिवारमा जन्मिएका पौडेलले जय बागेश्वरी माविबाट एसएलसी गरेका थिए । उच्च शिक्षाका लागि काठमाडौ पुगेका पौडेल बैंकर्सका गतिविधिबाट प्रभावित बनेर बैकिङ क्षेत्रमा नै केहि गर्ने निधो गरे । उनले विज्ञान नपढी वाणिज्यशास्त्र अध्ययन गरे ।

विश्व प्रख्यात स्टयान्डर्ड चाटर्ड बैकमा ३ महिना इन्टर्न गरेका पौडेलले बैंकिङ क्षेत्रसँग सम्बन्धित विभिन्न जानकारी हासिल गरे ।
स्टयान्डर्ड चाटर्ड बैकमा उनको काम प्रतिको लगनशीलता देखेर इन्टरनेश्नल लिजिङ एण्ड फाइनान्स लिले कार्यसम्पादन विभागमा सहायकको रूपमा काम गर्न अफर गरेको थियो । भारतको देहरादुनबाट एम.बि.ए गरेका पौडेलको फाइनेन्स र मार्केटिङमा विशेषज्ञता हासिल छ । यतिमात्रमा सिमित नभइ पौडेलले अर्थशास्त्रमा पनि स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा होमिएका हुन् ।

सेञ्चुरी कमर्शियल बैंकमा शाखा प्रबन्धकको रूपमा जिम्मेवारी सम्हालेपछि पौडेलले कारोबारलाई बढाउन तथा जोखिम ब्यावस्थापनमा उल्लेखनीय भुमिका खेलेका छन् । बैकले गर्ने लगानीमा विविधिकरणलाई विशेष रुपमा ध्यान दिई पयर्टनदेखि कृषिसम्ममा सम्भाव्यता अध्ययन गरी ती क्षेत्रको विकासका लागि प्राथमिकताका साथ लगानी वृद्धि गदैै लगेका छन् । पौडेल भन्छन्,‘ बैंक भनेको केवल पैसा झिक्ने र राख्ने ठाउँमात्रै होइन, देशको अर्थतन्त्रको सशक्त मेरूदण्डको रूपमा स्थापित छ । ’ सेञ्चुरीमा आएदेखि बाँके जिल्लाको अर्थतन्त्रलाई सवलीकरणको मार्गमा डोर्‍याउन र आर्थिक क्षेत्रलाई चलायमान बनाउन मैले पयर्टन देखि उद्योगसम्मको क्षेत्रमा सम्भावनाको खोजी गरी त्यहाँ लगानीलाई प्रोत्साहित गरेको छु ।

सेञ्चुरी बैंक हाल जनजनमा स्थापित छ । सेञ्चुरीमा निक्षेपमा वृहत बढोत्तरी भएको छ भने कर्जा प्रवाहपनि कम छैन । श्रमलाई बोझको रूपमा नलिइ अवसरको रूपमा प्रयोग गर्नुपर्छ भन्ने मान्यता राखेका पौडेलले अधिक से अधिक युवाहरू बैंकिङ क्षेत्रमा प्रवेश गरी देशको आर्थिक क्षेत्रलाई सुढृद र संगठित बनाउन योगदान गर्नुपर्नेमा जोड दिन्छन् ।

प्रतिक्रिया