
स्थानिय तह निर्वाचन २०७९ को सुरक्षार्थका लागि जिल्ला प्रहरी कार्यालय बाँकेबाट नियुक्ती गरिएका म्यादी प्रहरीहरुलाई शुक्रबार बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले एक कार्यक्रमका बिच बिदाई गर्नुभएको हो ।
प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले संचालन गर्नु भएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षकले स्थानिय तह निर्वाचन २०७९ लाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्यादी प्रहरीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । बिदाई भई जान लागेका म्यादी प्रहरीहरुलाई धन्यबाद दिनुका साथै म्यादी प्रहरीको रुपमा सेवा गरेको प्रमाण पत्र समेत प्रदान गर्दै आगामी जिवनको सफलताको शुभकामना प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक मधूसुधन न्यौपानेले गृह मन्त्री तथा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट प्राप्त धन्यवाद सन्देश समेत वाचन गरी सम्पुर्ण म्यादी प्रहरीहरुलाई बिदाई गर्नु भएको थियो । तस्बिर : जिल्ला प्रहरी कार्यालय बाँके





