माओबादीको गढ मानिएको बढैयाताल ४ मा उदायो एमाले

बर्दिया : स्थानिय निर्वाचनको मत परिणाम सार्वजनिक भई रहंदा बर्दियाको बढैयाताल गाउँपालिकामा एमाले विजयी भएको छ । बैशाष ३० गते राती ११ बजेदेखि गरिएको मतगरणा अनुसार उक्त पालिकाको १, २, ३ र ४ वडामा एमालले विजयी भएको हो । निर्वाचन अधिकृत विनोद गौतमका अनुसार उक्त पालिकाको वडा नं. ४ मा एमालेका वडाध्यक्ष नरे थापाले ८७१ मत ल्याएर विजयी भएका छन् भने माओबादीका वडाध्यक्ष रामलाल थारुले ८५२ मत ल्याएका छन् ।

१९ मतले विजय हाँसिल गरेका नरे थापाले माओबादीको गढ मानिएको उक्त वडामा एमालेको झण्डा फहराएका छन् । सोही वडामा एमाले र माओबादीलाई पच्छ्याउँदै नेपाली कांग्रेस तर्फका वडाध्यक्ष राजु भुजेलले भने जम्मा २४२ मत ल्याएका छन् । निर्वाचन अधिकृत गौतमले घोषणा अनुसार सोही पालिकाको अध्यक्ष लाल बहादुर श्रेष्ठले उक्त वडामा ८३५ मत ल्याएका छन् भने माओबादीका हिमालय त्रीपाठीले ९२५ मत ल्याएका छन् ।

त्यसैगरी कांग्रेसको भगत नेपालीको जम्मा मतन ५२७ रहेको छ । पालिका उपाध्यक्षमा सोही वडाबाट माओबादीकी कमला गुरुंगले ८९१ मत ल्याएकी छन् । उनलाई पच्छ्याउँदै नेकपा एमालेकी लक्ष्मि अधिकारीले भने ८४२ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी पवित्रा अर्यालले जम्मा ५२२ मत ल्याएर तेश्रो स्थान बनाएकी छन् ।

प्रतिक्रिया