‘पल’काे मुद्दाको सुनुवाइ अर्को साता हुने

पोखरा । अभिनेता पूर्णविक्रम शाह ‘पल’काे मुद्दाको सुनुवाइ अर्को साता हुने भएकाे छ । एक नाबालिग बलात्कार प्रकरण अभियोगमा बिहीबार हुने भनिएकाे मुद्दाकाे सुनुवाइ अर्को साता बिहीबार मात्र हुने भएकाे हाे ।

बलात्कार प्रकरणमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरूद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।

शाहका म्यानेजर कृष्ण जोशीलाई अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध पनि सरकारी पक्षले उच्च अदालतमा निवेदन दिएको छ ।

प्रतिक्रिया