
प्रदिप राजवंशी, नेपालगन्ज :
बाँके जिल्लका अगुवा किसानहरूले सरकारलाई गुणस्तरीय बीउ बिजन समयमै उपलब्ध गराउन माग गरेका छन् । बिशेषगरी धान तथा मकै जस्ता खाद्यान्न बाली लगाउने समय नजिक आएकोले समयमै किसानले सहजरुपमा बीउ बिजन पाउने वातावरण मिलाउन आग्रह गरेका हुन् ।
धान लगाउने किसानले यो पटक परेको अविरल वर्षाले बीउ जोहो गर्न समेत मुश्किल परेको खजुराका अगुवा किसान कृष्ण विक्रम केसीले गुनासो गर्नुभयो । किसान केसीले धानको बीउ राख्ने बेला खेतमै धान पानीमा दुबेकाले यो पटक कसरी खेती गर्ने भन्ने चिन्ता बढेको बताए । राप्ती सोनारी गाउँ पालिकाका किसान राम भजन चौधरीले धान्नको बीउ राख्न खेत तयार गर्दै छन् । घरमा सधैं राख्ने गरेको धानको बीउ छैन ।
नेपालगन्ज सम्म बीउ लिन जान पर्ने उनको बाध्यता छ । गाउँमै गुणस्तरीय बीउ पाउन मुश्किल छ । उनी स्थानीय सरकारले धानको क्षतीको राहत दिन नसकेपनि गुणस्तरिय बीउ उपलब्ध गराउन माग गरे । बीउ भए हामी किसानले उब्जनी गर्न सक्छौं होइन भने खाद्य सङ्कट पर्ने उनको भनाइ छ । मकै लगाउन तयार रहेका बैजनाथ गाउँ पालिकाका सुनिल ढकाललाई पनि बीउको अभाव छ । किसान ढकाल बीउको लागि भरपर्दो माध्यमको खाँचो रहेको उल्लेख गरे । उनले सरकारलाई समयमै बीउ विजन उपलब्ध गराउन माग गरेका छ्न् ।