खजुरा ६ मा माओबादिका फारुकको प्यानल विजयी

खजुरा : खजुरा गाउँपालिका वडा नम्बर ६ मा नेकपा माओबादि केन्द्रबाट उम्मेदवार बनेका फारुक सेख वडा अध्यक्षमा निर्वाचित भएका छन । २०७४ सालको स्थानिय तह निर्वाचनमा एमालेका साविर जोलाह संग १ सय मत भन्दा पनि कमको अन्तरमा पराजित भएका फारुक तिनै जोलाहलाई पराजित गर्दै विजयी बनेका हुन ।

प्यानल सहित विजयी बनेका फारुक सेखका समर्थकले आजै विजयी जुलुस खजुरामा निकालेका छन । ८७४ मत ल्याएर फारुक वडाध्यक्षमा विजयी बनेका हुन । ३२६ मतान्तरले फारुकले यस पटक जोलाहलाई पराजित गरेका हुन ।

प्रतिक्रिया