
खजुरा : बाँकेको खजुरा गाउँपालिका अध्यक्षमा कस्ले बाजि मार्ने हो भन्ने चर्चा चुलिएको छ । सुरुवाति देखि अग्रता लिएका सुमन मल्ललाई पछि पार्दै अहिले डम्बर विक अघि छन । गठबन्धन तर्फका उम्मेदवार डम्बर विक तुफानले अग्रता बढाउने क्रम जारी छ ।
१९३७१ मत गन्दा डम्बरले २१० मतको अग्रता लिएका हुन । तुफानले ७७९२ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले ७५८२ मत पाएका छन ।
पछिल्लो पटक मतगणना भैरहेको वडा नम्बर ६ बाट तुफानले १०२१ र सुमनले ६८९ मत पाएका छन ।
खजुरा गाउँपालिका अध्यक्षमा राप्रपा उठेका धनसिह रानाले ९७० मत सहित तेस्रो र समाजवादीका नेता होमनाथ सापकोटाले २६० मत पाएका छन ।
यसैगरी गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनकी मन्जु मल्लले आफनो अग्रता बढाएकी छिन । मन्जु ९२१ मतले अगाडी छिन । उनले ७३८७ मत पाउँदा एमालेकी ताजरुन निशाले ६४६६ मत प्राप्त गरेकी छिन । अहिले वडा नम्बर ६ र ७ को गणना भैरहेको छ । खजुरामा ८ वडा रहेका छन । जसमध्ये ४ वटा वडा गणना हुदाँसम्म सुमन मल्लले अग्रता लिएका थिए ।