दंगीशरण गाउँपालिकाको अध्यक्षमा काँग्रेसका शम्भु गिरी निर्वाचित

नेपालगन्ज । दाङको दंगीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका शम्भु गिरी निर्वाचित भएका छन् ।

गिरीले नेकपा एमालेका एमएन शाहलाई पराजित गर्दै गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

दंगीशरण गाउँपालिकामा गिरी अध्यक्षमा निर्वाचित हुँदै गर्दा  हालसम्म नेपाली काँग्रेस १,३ र ६ नम्बर वडामा विजयी बनेको छ भने नेकपा  एमालेले २, ४ र ५ नम्बर वडा जितेको छ । वडा नम्बर ७ को अन्तिम परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया