सानीभेरी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवैमा नेकपा माओवादी केन्द्र विजयी

रुकुम पश्चिम : सानीभेरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष दुवैमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । एमाले-कांग्रेस गठबन्धनलाई फराकिलो मतान्तरमा हराउँदै अध्यक्षमा विर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका विजयी भएका हुन् ।

गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका गोरखप्रसाद चन्द र उपाध्यक्षमा एमालेका प्रकाश खड्काले सानीभेरी गाउँपालिकामा आफ्नो उम्मेदवारी दिएका थिए । माओवादीका विष्टले ६ हजार १९ मत ल्याउँदा कांग्रेसका चन्दको ४ हजार ३ सय २० मत प्राप्त गरे ।

उपाध्यक्षमा रोकालाई ५ हजार ९ सय ५८ मत आउँदा खड्काको पक्षमा ३ हजार ४ सय २० आयो । ११ वडा रहेको सानीभेरीमा ९ वडा माओवादी केन्द्रले जितेको छ भने २ वडा कांग्रेसले जितेको छ । २०७४ सालमा पनि यहाँ माओवादी केन्द्रले जितेको थियो ।

प्रतिक्रिया