बाँके (राप्ती सोनारी) : बाँकेको राप्ती सोनारी गाउँपालिकामा पछिल्लो समयमा कांग्रेसले मतान्तर घटाउँदै गएको छ । एमालेका रामदास थारु अहिले ७२ मतले मात्र अगाडी छन् । पछिल्लो मतगणना अनुसार अध्यक्ष पदमा एमालेका उम्मेदवार थारुले ६६१२ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका तप्तबहादुर पौडेलले ६५४० मत प्राप्त गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार पट्टु थारुले ५१६४ प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेकी चमेली बागवलले ६६८८ मत प्राप्त गरेकी छन् । यस्तै नेपाली कांग्रेसकी मनिषासिंह थारुले ६४९१ मत प्राप्त गरेकी छन् ।
चमेली र मनिषाबीच १ सय ९७ मतको अन्तर रहेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र)की मञ्जु रोकायले ४७६३ मत प्राप्त गरेकी छन् ।