कांग्रेस र एमालेको गठवन्धनलाई हराउँदै थवाङमा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष विजयी

रोल्पा् : नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हराउँदै थबाङ गाउँपालिकामा पुनः माओवादी केन्द्रले जित हासिल गरेको छ ।

उत्तः पालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर र उपाध्यक्षमा माओवादी केन्द्रकै शर्मिला बुढामगर विजयी भएका छन् ।

ऋषिकेशवले दुई हजार १२२ मत ल्याएका छन् भने उपाध्यक्ष शर्मिलाले त्यत्ति नै मत ल्याएर विजयी भएकी छन् । अध्यक्षका निकटम प्रतिद्वन्द्वीहरू दलजित रोकामगरले एक हजार ५०६ र उपाध्यक्षको निकटम प्रतिद्धन्द्धी रायबहादुर पुनमगरले एक हजार ४६८ मत पाएका छन् । यस पालिकामा यसअघि पनि माओवादीले जितेको थियो ।

प्रतिक्रिया