काठमाडौः राष्ट्रियसभा गृहमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता बढाउँदै गएका छन्।
पछिल्लो मतगणना अनुसार साहले ३ हजार ४ सय १० मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ९४ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले १ हजार ६ सय २० मत प्राप्त गरेकी छिन्। त्यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमिले ३ सय २८ मत प्राप्त गरेका हुन्।
उपमेयरमा नेकपा एमालेकी उम्मेद्वार सुनिता ढंगोलले आफ्नो अग्रता झनै बढाएकी छिन्। उनले अहिलेसम्म ३ हजार ३ सय ८४ मत प्राप्त गरेकी छिन्। गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ९ सय ९२ मत ल्याएका छन्।
अहिले काठमाडौं महानगरपालिका भित्रका ३२ वटा मध्ये वडा नम्बर १,२,३,४, ३१ र ३२ को मतगणना जारी छ। काठमाडौं महानगरपालिकामा ३ लाख मतदाता रहेकोमा ६३ प्रतिशतमत खसेको छ।