
काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ निर्वाचित भएका छन्।
उनी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठलाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन्। भरतलालले ६२२ मत ल्याए भने उनका प्रतिस्पर्धि कृष्णलालले ५५८ मत ल्याए।
यस्तै महिला सदस्यमा एमालेकी रसला तन्डुकार विजयी भएको छन् भने दलित महिला सदस्यमा कांग्रेसकी मिना सुनार विजयी भएकी छन्।
यस्तै खुला सदस्य (२) मा कांग्रेसका शुभरत्न खड्गी विजयी भएका छन् भने खुला सदस्य (१) मा पनि कांग्रेसका रोशन श्रेष्ठले जित हात पारेका छन्।