गुलरिया २ र ३ मा एमालेका वडा अध्यक्ष विजयी

संजय आचार्य
बर्दिया,जेष्ठ, ०१ । बर्दिया गुलरीया नगरपालीका वडा नम्बर ३मा एमालेका उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुभएको छ ।
वडानम्बर वडा नम्बर ३मा नेकपा एमालेका सर्बजित यादव ७ सय ९७ मतप्राप्त गरेर प्यानल सहित विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजकुमार यादवले ४ सय ३६ मतप्राप्त गर्नुभयो भने नेकपा माओवादीका काशिराम गोडियाले १सय ४७मत प्राप्तगर्नु भएको छ । जनमत पार्टीका उम्मेदवार रमेश गोडियाले २ सय ६१ मत प्राप्तगर्नु भएको छ ।
कुल २ हजार ९ सय ५६ मतदाता रहेको वडा नं.३ मा २ हजार ३सय ९४ मत खसेको थियो ।

प्रतिक्रिया