खजुरामा सुमन मल्लको अग्रता

खजुरा : बाँकेको खजुरा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुमन मल्लले प्रारम्भिक अग्रता लिएका छन् । २०० मत गणना हुँदा मल्लले १११ र गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका डम्बर विक तुफानले ७९ मत पाएका छन् ।

उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार मञ्जु मल्लको ९४ मत र एमालेकी जागरुन निशाले ९३ मत पाएकी छिन् । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । वडा अध्यक्षमा भने गठबन्धनका उम्मेदवार अगाडि छन् । खजुरामा २६,८३९ मत खसेको थियो ।

प्रतिक्रिया