खजुराको सडक निर्माणमा ठेकेदारको लापरवाहि

खजुरा : निर्माणको क्रममा रहेको खजुराको चारलेन निर्माणमा लापरबाहि गरेको भन्दै स्थानियले चक्का जाम गरेका छन । चारलेन सडक निर्माणको नाममा स्थानिय जनता र व्यवसायिलाई असर गरेकोले दवाव स्वरुप चक्का जाम गरेको एक स्थानिय युवाले जनाए । खजुरामा बाटो निर्माणको काम अलपत्र हुँदा दिनहुुँ सडक दुर्घटनाको जोखिम समेत बढेको छ ।

धुलोको कारण स्वास्थ्य र ब्यबसायमा समेत असर गरेको स्थानीय दुर्गा खड्काले गुनासो गरे । पटक पटक सडक निर्माणका कामलाई सक्न ताकेता गरेपनि निर्माण कम्पनीले काम अलपत्र छाड्दा चक्का जाम गर्न बाध्य बनेको स्थानिय बताउछन । सडकको अवस्था प्रति चिन्तित स्थानियले टाएर बालेर सरोकारवालालाई ध्यानाकर्षण गराएका हुन । सडकमा टाएर बालेर चक्का जाम गरेपछि स्थानिय युवाहरु खजुरा गाउँपालिकाको कार्यालय सम्म ध्यानाकर्षण गराउन पुगेका थिए ।

तिन घण्टा सम्म स्थानियहरुद्धारा सडक जाम गरिएको खजुराका स्थानिय युवा यम दाहालले जानकारी दिए । खजुरा गाउँपालिकाका उपाध्यक्ष एक माया विकले निर्माण कम्पनीलाई जानकारी गराएको र दुई दिन भित्र सडकको काम सुरु गराउने प्रतिवद्धता दिएपछि अवरुद्ध सडक सुचारु भएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएको हो । १८ सय मिटरको सडक ४ वर्षदेखि सुस्नित गतिमा निर्माणको क्रममा छ ।

प्रतिक्रिया