
वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका क्रममा शुक्रबार कम्तीमा २५ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ । निर्वाचन आयोग स्रोतका अनुसार अहिलेसम्म २५ मतदान स्थलको मतदान स्थगित भएको सूचना आयोगमा आइसकेको छ ।
स्थगित भएका स्थानमा छिट्टै निर्वाचन गर्न तयारी सुरु भएको आयोगका एक अधिकारीले बताए । मतपेटिका फुटाइएको र दिनभर झडपको अवस्था रहेका स्थानमा मतदान स्थगित भएको हो ।
‘केही मतदान केन्द्रमा मतदातालाई आउन नदिने गरी गौंडा–गौडामा अवरोध गरिएको पाइएकाले पनि मतदान स्थगित भएको छ,’ स्रोतले भन्यो,‘बेलुकासम्म मतदान स्थगित भएका सबै विवरण प्राप्त हुन्छ ।’