नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाको गिजरा बस्तीमा रातीको समयमा शकांष्पद गतिविधी गर्ने गठबन्धनका उम्मेदवारहरुलाई नेकपा एमाले निकट युवाहरुको समूहले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । मौन अवधीमा प्रचार सामग्री सहित पैसा वितरण गर्न वस्तीमा छिरेको अवस्थामा उम्मेदवारहरुलाई नियन्त्रणमा लिइएको हो । गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार मञ्जु मल्ललाई गाडीमै नियन्त्रणमा लिइएको हो भने अध्यक्षका उम्मेदवार डम्बर विक तुफान गाडीबाट भागेको प्रत्यक्षदर्शीले बताए ।
युवाहरुको समूहले उम्मेदवार सवार गाडीको घटनास्थलमै खानतलासी गर्न माग गरेपनि प्रहरीले एक घण्टासम्म वस्तीमै रोकेर आलटाल गरेपछि माहौल तनावग्रस्त भएको थियो । नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले गठबन्धनले खजुरामा सत्ताको दुरुपयोग गर्दै निर्वाचन आचारंसहिताको उल्लेघन गरेको बताउनुभयो । एमाले कार्यकर्तामाथी प्रहरी र सत्तारुढ दलको मिलेमतोमा आक्रमण गरिएको भन्दै अध्यक्ष कक्षपतिले यसले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुनेमा आशंका उब्जाएको बताउनुभयो । प्रहरीको मिलेमतोमा एमाले विरुद्ध षडयन्त्र गरिएको भन्दै कक्षपति प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई राती नै टेलीफोन सम्पर्क गरि गम्भिर ध्यानाकर्षण गराउनुभएको । खजुरा २ सीतापुरमा समेत एमाले कार्यकर्तामाथी आक्रमण गरिएको अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो । एमाले कार्यकर्तामाथी आक्रमण भएपनि संयमता अपनाउन जिल्लाभर कार्यकर्तालाई निर्देशन दिइएको अध्यक्ष कक्षपतिले बताउनुभयो ।