अमेरिकाको लेक मीड राष्ट्रिय मनोरञ्जन क्षेत्र, नेभाडामा खडेरीले खाएको तालको तस्वीर हो । विश्वमा जलबायु परिवर्तनको असर अमेरिकामै झन भयानक देखिन्छ ।
उक्त ताल मीडको लेकबेडको अहिलेको सुख्खा खण्डमा आराम गरिरहेको मानिसको तस्वीरसँगै पहिले नै पानी हुँदाको समय डुबेको डुङ्गाको छेउमा कतै छेउमा माछा मारेर आइरहेका एक व्यक्ति देखिन्छन् ।
यूएस ब्यूरो अफ रिक्लेमेसनले गरेको रिपोर्ट अनुसार उत्तर अमेरिकाको सबैभन्दा ठूलो कृत्रिम जलाशय हो ।
यो लेक मीड, समुद्र सतहबाट लगभग १०५२ फिटमा रहेको छ । जुन १९३७ मा हुभर बाँधको निर्माण पछि भरिएको सबैभन्दा कम हो।
हालै पोखरीको पानी घट्दै जाँदा त्यहाँ दुई वटा मानव अवशेष फेला परेका छन् ।
घट्दो पानीको स्तर जलवायु परिवर्तन मूख्य कारक औंल्याइएको छ । यस्तै, रिपोर्ट अनुसार इन्धनको कारणले गर्दा दक्षिणपश्चिमी संयुक्त राज्य अमेरिकामा बढेको पानीको मागको कारण पनि भनिएको छ ।
मारियो तामा गेटीले खिचेको तस्वीर एएफपीले उपलब्ध गराएको हो ।