
जेरुसेलम । अधिनस्थ पश्चिम किनारमा इजरायली सेनाले चलाएको गोली लागेर अल जजिराका एक महिला पत्रकारको ज्यान गएको छ ।
अल जजिराका अनुसार जेनिन शहरमा भएको एक सैनिक कारबाहीबारे रिपोर्टिङ गरिरहेकै बेला सेरिन अबु आक्लेहलाई गोली लागेको हो ।
Agani Group
उनी मध्यपूर्वका घर–घरमा चिनिएकी व्यक्तित्व हुन् । इजरायली सेनाले फौज र प्यालेस्टाइनी बन्दुकधारीहरूबीचको एक भिडन्तको दौरानमा उनलाई गोली लागेको हुनसक्ने पत्रकारहरूलाई बताएका छन् ।
यस घटनामा गोली लागेका अर्को एक पत्रकारको स्थिति भने सामान्य रहेको बताइएको छ । आक्लेह अल जजिराको अरबी समाचार सेवाको प्रमुख पत्रकार हुन् । उनको ट्विटर प्रोफाइलका अनुसार उनले विगत पन्ध्र वर्षदेखि इजरायल–प्यालेस्टाइन द्वन्द्वमाथि कलम चलाउँदै आएकी छन् ।