बाँकेमा गत ६ महिनामा ४४ कुष्ठरोगका विरामी थपिए

निशु जोशी, नेपालगन्ज : बाँकेमा गत ६ महिनामा ४४ जना कुष्ठरोगका विरामी थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेको अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को साउनदेखी पुस मसान्तसम्म जिल्लामा ४४ जना नयाँ विरामी थपिएका हुन् । गत आर्थिक वर्ष २०७७÷०७८ मा १ सय २८ जना नयाँ विरामी थपिएका थिए । यसवर्ष थपिएका नयाँ विरामीमध्य सबैभन्दा बढी नेपालगन्जका १३, कोहलपुरका ११ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका वरीष्ठ जनस्वास्थ्य अधिकृत मानव नेपालीले बताउनुभयो । उहाँका अनुसार जानकी गाँउपालिकामा ६, नरैनापुर र बैजनाथ गाँउपालिकामा ५÷५, खजुरामा ३ र डुडुवामा १ जना नयाँ विरामी थपिएका हुन् । गत ६ महिनामा राप्तीसोनारी गाँउपालीकामा कुष्ठरोग देखीएको छैन ।

स्वास्थ्य कार्यालय बाँकेका वरीष्ठ जनस्वास्थ्य अधिकृत तथा कुष्ठरोग फोकल पर्सन मानब नेपाली

साइनिङ अस्पतालमा ७४ विरामी फेला

आइएनएफद्धारा सन्चालित बाँकेमा रहेको साइनिङ अस्पतालमा गत ६ महिनामा ७४ जना कुष्ठरोगका विरामी फेला परेका छन् । बाँके, बर्दिया लगायत कर्णाली र सुदुरपश्चिमका जिल्लाबाट समेत विरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख मंगल बहादुर थारुले जानकारी दिनुभएको छ । भारतबाट समेत विरामीहरु उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको साउनदेखी पौषसम्म ८ हजार ४ सय ३२ जनाले सेवा लिएकोमा ७४ जनामा कुष्ठरोग भेटिएको हो । अशिक्षा, जनचेतनाको कमी, लाज, डरका कारण अझैपनि समयमै विरामीहरु उपचारमा नआउने समस्या रहेको उहाँले बताउनुभयो ।

नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोग मुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ । तर विरामीहरु खुलेर उपचारमा नआउदा लक्ष्य पुरा गर्न चुनौति देखीएको छ । सरकारको उक्त अभियानलाई सघाउन बाँकेमा कुष्ठरोग भएका विरामीहरुलाई उपचारमा ल्याउनेलाई ५ सय रुपैँया पुरस्कारको व्यवस्था गरीएको छ । आगामी सेप्टेम्वरसम्म यो योजना सन्चालनमा रहेको थारुले बताउनुभयो । सरकारले स्वास्थ्य संस्थाहरुमा कुष्ठरोगको उपचार निःशुल्क गर्ने गरेको छ । नेपालमा सबैभन्दा बढि कपिलवस्तु, बाँके र रुपन्देहि सबैभन्दा बढि कुष्ठरोग फेला परेका जिल्ला हुन् । जसंख्या बढि भएकाले र उपचार गर्ने संस्था धेरै भएको कारणले पनि लुम्बिनी प्रदेशका यी जिल्लामा बढि समस्या देखीएको हुनसक्ने थारुको भनाई छ । भारतसंग सिमा जोडिएका जिल्ला भएकाले पनि आवतजावत मार्फत संक्रमण बढेको हुनसक्ने अनुमान गरीएको छ । हातखुट्टा लगायत संक्रमण भएको अंग अंगभंग हुन सक्ने भएकाले यो सरुवा रोगको नियन्त्रण जरुरी रहेको छ । त्यसका लागि सरकारले बनाएका रणनितिको कार्यान्वयन गर्नुपर्ने, स्थानीय जागरुप हुनुपर्ने देखीएको छ ।


पत्रकारहरुलाई कुष्ठरोगका बारेमा अभिमुखीकरण

आइएनएफ बाँकेको आयोजनामा आज बाँके जिल्लाका पत्रकारहरुलाई कुष्ठरोगका बारेमा अभिमुखीकरण गरीएको छ । अन्र्तक्रिया कार्यक्रममा बोल्दै पत्रकार भेषराज बस्नेतले स्थानीय सरकारले यो विषयमा प्राथमीकता दिनुपर्ने बताउनुभयो । सिमामा कोरोना, मलेरीया लगायतका सरुवा रोगको परीक्षण भइरहेकाले भारतबाट संक्रमण भित्रीन नदिन नाकामा कुष्ठरोगको परीक्षण समेत गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया