खजुरा : गएराति १२ बजेदेखी मौन अवधि सुरु भएपछि निर्वाचनको प्रसारमा खटिएकाहरु थप छलफलमा जुट्न थालेका छन । राति १२ बजेसम्मै प्रसार प्रचारमा जुटेका बाँके खजुराका दल तथा स्वतन्त्र उम्मेदवारहरु आफ्नो थप रणनितिक योजना बनाउने, मतदाता शिक्षा दिने तथा गोप्य भेटघाटलाई तिव्रता दिइरहेका छन ।
मौन अवधिमा चलखेल धेरै हुने भएकाले गाउँमा युवाहरुले विशेष निगरानी समेत गरिरहेका छन । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई परिचयपत्र दिने कार्य समेत गरिरहेको छ । खजुराको चुनावि अवस्थालाई विस्लेषण गर्ने, कस्ले कहाँबाट कति मत ल्याउने, को उम्मेदवारको सम्भावना कस्तो लगाएतका बारेमा चिया चौतारीमा विहानै देखी चर्चा हुन थालिसकेको छ । खजुराका मतदाताले को उम्मेदवारलाई भोट दिने भन्ने पनि मनसाय बनाइसकेको आभास हुन थालेको छ । खजुराका मतदाताको मन जित्न उम्मेदवार अझै पनि कसरत गरिरहेका छन ।
मौन अवधिमा रुष्ट मतदाता फकाउने काम पनि भैरहेको खजुराका एक नेताले बताए । खजुरा गाउँपालिकामा एमाले तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले मौन अवधि भएकाले प्रसारका कार्यलाई पुरै बन्द गरिएको बताए । मल्लले कार्यकर्ता तथा मतदाताहरुलाई मतदाता शिक्षा प्रदान गर्ने कार्य भैरहेको उल्लेख गरे । खजुरामा गठबन्धन तर्फबाट अध्यक्ष पदका उम्मेदवार डम्बर विकले निर्वाचन सफल बनाउन सर्वपक्षिय बैठक बस्ने, मतदाता शिक्षा लिने दिने कार्य भैरहेको जनाए ।