
खजुरा : बाँकेको खजुरामा एकिकृत समाजबादी (एस)का १८७ जना नेकपा एमाले प्रवेश गरेका छन । निर्वाचनको प्रसार प्रसारमा सक्रिय रुपमा हिडेका कार्यकर्ताहरु पनि एमालेका उम्मेदवारलाई जिताउन पार्टि प्रवेस गरेका हुन । एसका नेता कार्यकर्ता सहित कांगेस र माओबादीका कार्यकर्ताहरु समेत एमाले प्रवेस गरेको एमाले बाँकेका नेता भिम वलिले जानकारी दिए ।
एकिकृत समाजबादी (एस)का जिल्ला कमिटि सदस्य टेक बहादुर सत्याल, प्रेस संगठन बाँकेका उपाध्यक्ष सुरज मेघनाथ, समाजबादि अनरेस्वयु जिल्ला कमिटि सदस्य तथा खजुरा संयोजक सागर विक, जिल्ला कमिटि सदस्य हरि खत्रि लगाएतको नेतृत्वमा १८७ जना एकिकृत समाजबादी (एस)बाट एमालेमा प्रवेस भएको एमाले खजुरा कमिटिका अध्यक्ष गेहेन्द्र धितालले जानकारी दिए ।
खजुरा गाउँपालिकाको वडा नम्बर २ मा भएको पार्टि प्रवेस कार्यक्रममा बोल्दै एमाले तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले मतदाताको सिर झुक्ने कुनै काम नगर्ने बताएका थिए । सबैको छाति चौडा हुनेगरि विकास लगाएतका काम गर्नेछु, अध्यक्ष पदका उम्मेदवार मल्लले बताए ।
एमाले बाट वडा नम्बर २ मा समर बहादुर खत्रि वडाध्यक्ष पदको उम्मेदवार रहेका छन । समर सगै सबै उम्मेदवारलाई विजयी बनाउन मतदाता एकजुट भएको एमाले खजुराको चुनावी मोर्चा सम्हालेका भिम वलिले जनाए ।
