
खजुरा : बाँकेको खजुरामा गठबन्धन पत्तासाफ हुने खबरले हडकम्प मच्चिएको छ । गठबन्धन पक्षधरले आन्तरिक रूपमा गरेको मत सर्भेले आठ बटै वडामा गठबन्धनका उम्मेदवारहरू हार्ने निश्चित देखिएको हो । हार्ने निश्चित देखिएपनि बाहिरी रुपमा गठबन्धन पक्षधरहरु सहजै जित्न सक्छौ भन्न छाडेका छैनन् ।
गठबन्धनलाई हराउन सुमन मल्लको नाम नै काफि देखिएको छ एक मतदाताले नाम नबताउने सत्रमा बताए । हामिले प्राप्त गोप्य सर्भेका अनुसार वडा नं. ५ र ८ मा मात्र एमालेसंग प्रतिस्पर्धा हुन सक्ने देखाएको हो । जुन वडा अघिल्लो २०७४ सालको स्थानिय तहको निर्बाचनमा एमाले उप विजेता बनेको थियो । २ वटा वडामा कडा प्रतिस्पर्धा हुने देखिएपनि अन्य वडामा अहिलेसम्म एमाले नै बलियो देखिएको नेकपा एमाले खजुराका नेता सतिश निरौला बताउँछन ।
माओवादी र कांग्रेसले गठबन्धन गरेका वडा नं. १ देखि ४ सम्म कहिं पनि जीत हासिल गर्न नसकिने अवस्था रहेको सर्भेले देखाउँछ । यि वडाहरूबाट खसेको करिब ६० प्रतिशत मत एमालेको पक्षमा खस्ने आन्तरिक सर्वेक्षणले गठबन्धन खेमाको नीद हराम भएको छ । एमाले अध्यक्ष किस्मत कुमार कक्षपतिले एमालेका उम्मेदवार भिजन सहित निर्वाचनमा होमिएकाले जनताको अमुल्य मत पाउनेमा विस्वस्थ छन ।
सुमन मल्लको नेतृत्वमा खजुरा गाउँपालिकामा सरकार बनाउनेतिर मतदाताहरु उत्साहित बनेको एमाले खजुराका अर्का एक नेताले बताए । सुमन मल्ललाई नचिन्नेहरुपनि सुमनले गरेको विकास सुनेरै मतदान गर्ने मुड बनाएको ति नेताले जनाए । खजुरामा सुमन मल्लको चर्चा अत्याधिक हुदा गठबन्धन पक्षधहरु छटपटाएको एमालेका नेताहरु बताउँछन । एमालेको तर्फबाट खजुरामा अध्यक्ष पदको उम्मेदवारमा सुमन मल्ल र उपाध्यक्ष पदका उम्मेदवार ताजरुन निशाको नेत्तृत्वमा वडाध्यक्ष तथा सदस्यपदका उम्मेदवारहरुलाई चुनावि मैदानमा उतारेको छ । माओबादी केन्द्र र नेपाली कांग्रेस (गठबन्धन) को तर्फबाट अध्यक्षपदका उम्मेदवार डम्बर विक र उपाध्यक्ष पदका उम्मेदवार मन्जु मल्लको नेत्तृत्वमा चुनावि मैदानमा छन ।