नेपालगन्ज : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अघि बाँके जिल्ला संग जोडिएको नेपाल–भारत सिमानाका ७२ घण्टा बन्द हुने भएको छ ।
खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टा सिमानाका बन्द गर्न लागिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आज एक सुचना जारी गरि खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टा सम्म सिमानाका बन्द गर्न लागिएको बताएका छन् ।