
नेपालगन्ज : बाँकेका चर्चित विद्यार्थी नेताहरुले नेपालगन्जको मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्ति ढकाललाई जिताउन अपील गरेका छन् । नेपालगन्जको भविष्य बनाउन मिश्रलाई जिताउनुको बिकल्प नभएको उनीहरुले बताए ।
अनेरास्ववियु बाँकेका पूर्व अध्यक्षहरु प्रमोद धिताल, रत्न खत्री, किरण ढकाल, सतिश निरौला, गोबिन्द शर्मा, दिपा शर्मा, भरत बुढाथोकी, सुर्य रोकाय, भिम वली र मोहित शाहले संयुक्तरुपमा जारी गरेको बिज्ञप्तीमा मिश्र र ढकाललाई जिताउन अपील गरिएको हो ।
‘आदरणीय नेपालगन्ज उपमहानगरबासी आमा, बुवा, दिदिबहिनी , दाजुभाइ तथा युवा बिद्यार्थी साथीहरू यही बैशाख ३० गते हुन गइरहेको निर्वाचन यो उपमहानगरपालिकाको भबिष्यसङ्ग जोडिएको छ ।’–बिज्ञप्तीमा भनिएको छ,–‘हामी हाम्रो नगरको बिकास निर्माण, कस्तो बनाउन चाहान्छौ ? हामी हाम्रो नगरका युवा , महिला , मजदुर , दलित , जनजाति , सीमान्तकृत , मुस्लिम र मधेसी समुदायको हकहित लाई कसरी संरक्षण गर्न चाहान्छौ ?’
‘माथि उल्लेखित प्रश्नहरुको सहि उत्तर सहितको उत्कृष्ट उपमहानगर निर्माण का लागि सहि विचार , दृष्टिकोण सहितको पार्टी र उमेदवारलाई निर्वाचित गर्नु हामी सबै उपमहानगरबासीको दायित्व हो । यसकोलागी नेकपा (एमाले) र यसपार्टीले बैशाख ३० गतेको निर्वाचनमा उमेदवार बनाएका मेयरका उमेदवार क. पशुपति मिश्रा, उपमेयरका उमेदवार क. शान्ति ढकाल र २३ वटै वडाका अध्यक्ष र सदस्य पदका उमेदवारलाई अत्याधिक मतले बिजयी बनाउनुनै यस उपमहानगरपालिकाको सर्वाङ्गीण बिकासको अनिवार्य सर्त हो ।’– बिज्ञप्तीमा भनिएको छ ।
सम्पुर्ण उपमहानगरपालिका बासी जनसमुदायलाई बैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमालेका सुर्यध्वजा बाहक उमेदवार मेयरमा पशुपतिदयाल मिश्रा, उपमेयरमा शान्ति ढकाल सहित सबै वडा अध्यक्ष र सदस्य पदका उमेदवार लाई सुर्य चिन्हमा मतदान गरि नेपालगन्जलाई महानगरको यात्रामा अगाडि बढाउन अनुरोध गरिएको छ ।