जंगली जनावरबाट खेतीपाति जोगाउन तारबार

खगेन्द्र दाहाल,अगैया : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ को अधिकाश क्षेत्र बाँके राष्ट्रिय निकुन्जको क्षेत्र पर्दछ । स्थानिय निर्वाचनका बेला चुनावि नारा पनि जंगली जनावर बाट खेतीपाति जोगाउन तार बार नै मुख्य रहेको थियो । जन प्रतिनिधिले जनताको अपेक्षा अनुसार हरेक वर्ष तारबारको लागि बजेट विनियोजन गरि हरेक गाउँलाई जोगाउन तार बार लगाएका छन । वडा नम्बर १ मा २४÷२५ वटा गाउँहरु रहेका छन ।

सबै गाउँका खेतीबालि जोगाउन तारजाली बार लगाइएको वडाध्यक्ष चन्द्र बहादुर वलिले जानकारी दिए । ‘हामिले हरेक वर्ष वडाको ७५ प्रतिशत बजेट तारजाली बारको लागी छुट्टाउने गरेका छौ’ –वडाध्यक्ष वलिले बताए । तारबार जालिका कारण अहिले ७५ प्रतिशत खेतीबालि जोगाउन सकिएको उनले बताए । ताराबार जालीका कारण लगाएको बालि सुरक्षित हुन लागेपछि किसानहरु पनि थप व्यवसायिक बन्दै गएको वडा कार्यालयले जनाएको छ । ‘पहिले खेतबारी जोगाउन मुस्किल पर्ने गर्दथ्यो अहिले सबैले ढुक्कका साथ खेती गर्न पाएका छन’ –वडाध्यक्ष वलिले बताए । हरेक वर्ष ८÷९ किलोमिटर तारबार गरेर जनताको खेतीबारी शुरक्षित गर्ने काम स्थानिय सरकारले गरेको बागखोरका किसान झग्गु वलिले बताए । तारबारका कारण किसानलाई खेतीबालि गर्न सहज मात्र भएको छैन कि छाडा पशुबाट समेत जोगाउन सकिएको छ ।

‘निर्वाचनका बेला जनताको पहिलो माग पनि यहि तारबार नै थियो, त्यसैले पनि हामिले पहिले अन्य विकास भन्दा तारबारलाई फोकस गकेका हौं’– बडाध्यक्ष वलिले भने । वडा नम्बर १ का जनताहरुको मुख्य पेसा पनि कृषि नै रहेकाले जनप्रतिनिधिहरुले कृषि तिरको विकास लाई पहिलो प्राथमिकतामा राखेको पाइन्छ । तारबालि सगैं वडाले कृषिमा आश्रित जनताका लागी वडा कार्यालयले सिचाँई सुविधा पुगाउन सिचाँई मोटर वितरण गर्ने, बोरिङ्ग सिचाँई किसानलाई दिने गरेको छ । सिचाँई सेवा पुगेका स्थानमा कुलो निर्माणका लागी पनि वडाले काम गरेको वडा सचिव देव बहादुर केसीले जानकारी दिए । जंगलको पानि शुरक्षित सगं नदिमा मिसाउन नालि निर्माण समेत वडाले गरेको छ । भवानियापुर ढोलिया खोलाको पानि लाई किसानमाझमा पुगाउन सिचाँई कुलो निर्माण गरिएको वडा सचिव केसीले जानकारी दिए ।

विजुलि देखी भौतिक निर्माणसम्म
राप्ती सोनारीको वडा नम्बर १ मा स्थानिय तहको चुनाव हुदाँ सम्म जनताले विजुलि बत्ति उपभोग गर्न पाएका थिएनन् । स्थानिय सरकार आएपछि वडाका हरेक गाउँमा विजुति बत्ति पुगेको छ । विजुलि बत्ति पुग्न स्थानिय सरकार सगैं प्रदेश र संघिय सरकारले समेत उल्लेख्य काम गरेको हो । विजुलि बाल्न पाएपछि स्थानियहरुको जनप्रतिनिधि प्रतिको विस्वास बढेको छ । विजुली बत्ति सगैं विभिन्न ५ स्थानमा सडक प्रतिक्षालय निर्माण गरिएको छ । चप्परगौडि र सिद्धेश्वर माविको प्राङगढमा १÷१ वटा मन्दिर निर्माण गरिएका छन । हरेक वर्ष ७÷८ किलोमिटर बाटो ग्रावेल गर्ने गरिएको वडा कार्यालयले जनाएको छ ।

स्थानियलाई स्वास्थ्यमा पहुच पुगाउन स्वास्थ्य चौकी निर्माण गरिएको र सोहि अनुरुप सेवा प्रदान भइरहेको छ । लौकी र गाभर बस्तिमा २ वटा खोप केन्द्र भवन निर्माण गरि खोपका कार्यक्रम संचालन गर्ने गरिएको छ । नदिबाट जमिन जोगाउन ततबन्ध निर्माण कार्य सुरु गरिएका छन । वडामा रहेका विद्यालयलाई स्तरिय बनाउन पर्खाल निर्माणको कार्यमा सहयोग समेत गरिदै आइएको वडाले जनाएको छ । वडाका जनतालाई आवात जावतमा सहज होस भन्ने हेतुले २ वटा झुलुङ्गे पुल निर्माण गरिएका छन । जनताले गरेको अपेक्षा अनुरुप नै वडाले काम गरिरहेको वडाध्यक्ष वलि बताउँछन ।

वडाले गाउँपालिका संग समन्वय गरि विकासका कामलाई तिव्रता दिएको वडाध्यक्ष वलिले बताए । वडालाई प्राप्त बजेट र पालिकाले गर्ने विकास बजेटबाट स्थानिय जनताको अपेक्षा पुरा गर्न भौतिक निर्माणका साथै शिक्षा, स्वास्थ्य, खानेपानि, विजुली लगाएतको विकासका लागी काम गर्ने गरिएको वडाध्यक्ष वलिले जनाए । वडा नम्बर १ का जनता कृषिमा आर्कषित रहेकाले पनि वडाले विशेष गरि कृषि कार्यक्रम विभिन्न सरोकारवाला निकायसंग समन्वय गरेर जनतालाई आवश्यक सेवा दिने गरेको जनप्रतिनिधिहरु बताउँछन । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले वडा नम्बर १ का जनताले अपेक्षा गरेको विकास निर्माणका कार्य प्रति पालिका गम्भिर रहेको उल्लेख गरे ।

गाउँपालिका अध्यक्ष थारुले पूर्वि दाङ सगं सिमाना जोडिएको वडा नम्बर १ लाई पर्यटकिय दृष्टिले पनि विकास गर्न पालिकाले कार्यक्रम संचालन गरिरहेको बताए । वडाका स्वास्थ्य केन्द्रमा सेवाग्राहिले पाउनुपर्ने सबै सेवा उपलव्ध गराइएको हुदाँ टाढा उपचारका लागी जान पर्ने बाध्यता टरेको बताए । स्वास्थ्य सस्थामा दिने गरिएको सेवाका कारण छिमेकि जिल्लाका विरामिले पनि सहजै रुपमा सेवा आउने गरेको अध्यक्ष थारुले बताए ।

प्रतिक्रिया