खजुराका दलित अगुवा भन्छन्,– ‘विकास गर्ने सुमन नै हो’

खजुरा : एमाले बाँके खजुरा निर्वाचन परिचालन कमिटिको आयोजनामा खजुरामा रहेका दलित अगुवाहरुसंग छलफल गरिएको छ । खजुरामा एमाले सरकारले गरेको विकास र निर्वाचनका सन्धर्भमा आयोजना गरिएको छलफल कार्यक्रममा उपस्थित दलित समुदायका अगुवाहरुले एमालेलाई विस्वास गर्ने जनलहर बढ्दै गएको बताएका थिए ।

निर्वाचन परिचालन समिटिका संयोजक भिम वलिले विपक्षिहरुले विभिन्न अफवा फैलाएर जनता भड्काउने खालका गतिविधि गर्न लागेकाले कुनैपनि प्रलोवनमा नपरेर एमालेका उम्मेदवारलाई विस्वास गर्न आग्रह गरे । छलफलमा सहभागिहरुले सुमन मल्लको नेतृत्वमा मात्रै खजुराको विकास सम्भव रहेको बताएका थिए । छलफल कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले विपक्षिसंग कुनै एजेण्डा नभएपछि जातिय, भेगिए नारा लगाउन थालेको बताए । मल्लले गठबन्धनले हार्ने निश्चित हुदाँ चरित्र हत्या गर्ने कार्य गरिरहेको उल्लेख गरे ।

अध्यक्ष पदका उम्मेदार मल्ल भन्छन्, दलालि गर्ने मान्छेले गाउँपालिका चलाउन आए अनर्थ हुने जिकिर गरे । हामि भिजन सहित विकासका काम गर्ने गरि मतदाता सगं गएकोले कुनै समस्या नरहेको भन्दै जनता जागरुक हुने बेला आएको बताए । एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले २०७४ सालमा पनि जातिय नारा लगाएको हो तर पनि मतदाताहरु सचेत हुदाँ जित हासिल गर्न सफल भएको सम्झदै सबै हात आम जनमानसमा निर्भर रहेको उल्लेख गरे । सुमन मल्लले वडा नमबर १ मा विकास गरेर देखाएकाले अनुभवले गर्दा पनि गाउँपालिका हाक्न सक्ने उचित उम्मेदवार जनतामाझमा उभाएको एमाले बाँके अध्यक्ष कक्षपतिले बताए ।

हरेक वडामा एमालेले हार्न छुट नभएको बताउँदै अध्यक्ष कक्षपतिले मतदातालाई आफ्नो प्रतिवद्धता राम्रोसंग बुझाउन कसरत गर्न उम्मेदवार र कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन । छलफलमा सहभागि एमाले पार्टिमा आबद्ध दलित अगुवाहरुले एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका थिए । असन्तुष्ट पक्षलाई समेत मिलाएर निर्वाचन बहुमतका साथ जित्ने गरि लाग्न सम्पुर्णलाई आग्रह समेत गरेका थिए ।

कांग्रेस र माओबादी केन्द्र गठबन्धनको तर्फबाट भने डम्बर विकलाई उम्मेदवारी बनाइएको छ । खजुरामा सुमन र डम्बरको नै प्रतिस्पर्दा हुने देखिएपछि दुवै टिमले आफ्नो सक्रियतालाई बढाउदै लगेका छन ।

प्रतिक्रिया