खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ अहिले निकै चर्चामा रहेको छ । वडा नम्बर चारमा वडाध्यक्षमा कस्ले बढि मत ल्याउने भन्नेमा नै अहिले चर्चाको विषय बनिरहेको छ । एमाले बाट निर्वाचित भई वडाध्यक्ष भएका तिलकविर सुनारलाई पुन : जिताउन वडाका युवाहरु एकजुट भएका छन ।
रुष्ट देखिएका युवाहरुपनि एकजुट भएकोले झनै बलियो उम्मेदवारका रुपमा तिलकविर सुनारलाई लिइएको छ । आज खजुरामा गरिएको एक छलफलमा युवाहरुले युवालाई दिन पर्ने भन्दै वडा नम्बर ४ मा तिलकविरको विकल्प नभएको जिकिर गरे । दैनिक घरलैलो देखि जनताको समस्या बुझने उम्मेदवार तिलकविर रहेको भन्दै उनलाई अझै एक पटक जिताउन आवश्यक रहेको खजुरा डि गाउँका युवा नेता नारायण खनालले जनाए ।
तिलकविरले जनप्रतिनिधि हुदाँ उल्लेख्य विकास सगैं जनताको सुख दुखमा दिनरात नभनी खटिएको भन्दै जनताले पनि यसको मुल्याङकन राम्रै गर्नेमा विस्वस्थ रहेको इ गाउँका युवा नेता गोविन्द शर्माले बताए । तिलकविर संग वडा हाक्ने क्षमता छ त्यसैले पनि वडाको समग्र विकासका लागि मतदाताले रोज्न आवश्यक रहेको शर्माले उल्लेख गरे ।