
खजुरा : बाँकेको खजुरा गाउँपालिका एमालेले वडा नम्बर ३ मा मतदाताको उत्साहजनक सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । एमालेले खजुरा गाउँपालिकाको लागि उम्मेदवार बनाएको गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सुमन मल्ल, उपाध्यक्ष ताजरुन निशा, वडा नम्बर ३ का अध्यक्ष पदका उम्मेदवार पुर्ण बहादुर भण्डारी, सदस्य पदका उम्मेदवार सहितको नेतृत्वको टोलिले घरदैलो अभियान सम्पन्न गरेको थियो ।
अन्तिम दिन आज खजुरा बजारमा गरिएको वडा नम्बर ३ को घरदैलोमा ५ सय बढिको सहभागिता रहेको निर्वाचन परिचालन कमिटिका संयोजक भिम वलिले जानकारी दिए । घरदैलोमा मतदाताहरुको उल्लेख्नीय सहभागिताले थप हौसला बढेको वडाध्यक्ष पदका उम्मेदवार भण्डारीले बताए । मतदाताले दिएको हौसलाले गर्दा निर्वाचनमा खटिन बद पुगेको संयोजक वलिले बताए ।

