सुमन मल्ल –‘युथ आइकन’ र बृद्धबृद्धाको भरोसा

नेपालगञ्ज :  नेकपा एमालेको तर्फबाट खजुरा गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार सुमन मल्ल युथ आइकन र बृद्धबृद्धाको भरोसा बनेका छन् । वडा अध्यक्ष भएर मल्लले आफुलाई सफल प्रमाणित गरिसके ।
२०६२ सालदेखि नेकपा एमालेको युवा संगठन युवा संघ र युथफोर्समा सक्रिय मल्ल ५ वर्ष अघि भएको स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिका वडा नम्बर १ बाट वडा अध्यक्षमा विजयी भएका थिए ।

 खसेको मतको ५० प्रतिशत भन्दा बढि मत प्राप्त गरेका मल्लले ५ वर्षमा वडामा गरेको काम, सरल तथा नम्र शैली र कम बोल्ने तथा भनेको कुरा पु¥याउने शैलीले ५ वर्षपछि खजुरा गाउपालिकाको नेतृत्व हाक्ने ठाउसम्म ल्याई पु¥याएको छ । विकास हेर्न खजुरा १ नम्बर वडामा जाउ भन्ने थेगो बन्ने गरी मल्लले काम गरेका छन् ।

मल्लले राधापुरमा गरेको काम यतिबेला खजुरामा सर्बाधिक चर्चाको रुपमा रहेको छ । सुमन मल्ललाई नचिन्नेहरु राधापुरको विकास गर्नेले समग्र खजुराको कायापलट गर्न सक्छ भन्ने बिश्वास सहित मल्लको समर्थनमा उत्रिएका छन् । अधिकाश जनप्रतिनिधीहरुमा आम जनताको सकारात्मक टिप्पणी नहुदा मल्ल भने निर्विकल्प विकासप्रेमी नेताको रुपमा छोटो समयमै परिचित हुनुभएको छ ।

सडक निर्माण र अन्य भौतिक पूर्वाधार मात्रै नभएर राधापुरमा सोलारबाट विद्युत उत्पादनको काम पनि हुँदैछ ।

मल्लले कोभिडको समयमा राधापुरमा चिकित्सक सहितको आईसोलेसन सञ्चालन गरेका थिए भने एम्बुलेन्स सेवा सञ्चालन गरे । गाउका विपन्न समुदायका बालबालिकालाई माध्यामिक तथा उच्च शिक्षाका लागि नियमित सहयोग गर्दै आएका छन् ।

गाउमा विरामी पर्दा होस वा अन्य कुनै सहयोग गर्नुपर्दा मल्ल सधै अगाडी देखिनुहुन्छ । उनले एमालेबाट निर्वाचित जन प्रतिनिधी भएपनि अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत उत्तिकै बिश्वास गर्दै आएका छन् ।

प्रतिक्रिया