गिजरास्थित वस्तीको समस्या समाधान गर्नेछु – मल्ल

खजुरा : नेकपा एमालेको तर्फबाट खजुरा गाउँपालिकामा अध्यक्षका उम्मेदवार सुमन मल्लले खजुरा ६ गिजरास्थित वस्तीको स्थायी ब्यवस्थापनका लागि आफु प्रतिवद्ध रहेको बताउनुभएको छ ।

उढरापुरमा बिहिवार आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार मल्लले वस्तीमा स्थायी लालपुर्जा पाउनका लागि स्थानीयबासीले दशकौंदेखि गरिरहेको प्रयत्नमा आफ्नो पूर्ण साथ र समर्थन रहने बताउनुभयो । अध्यक्षका उम्मेदवार मल्लले स्थानीय सरकारले वस्तीको समस्याको स्थायी समाधान गर्ने भन्दै ढुक्क रहन आग्रह गर्नुभयो ।

आफुले गर्न सक्ने कुरा मात्रै भन्ने गरेको भन्दै मल्लले वस्तीको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समस्याको समाधानका लागि आफु पनि स्थानीयसँगै साथमा रहने बिश्वास ब्यक्त गर्नुभयो ।

गिजरा वस्तीको समस्या पटक पटक चुनावी एजेण्डा बन्ने गरेको भन्दै मल्लले अब यसलाई अर्को निर्वाचनको एजेण्डा बन्न नदिने गरि समस्याको स्थायी समाधान गर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्षका उम्मेदवार साबिर जोलाह, वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार रामकुमार यादव लगायतको सहभागिता थियो ।

प्रतिक्रिया