खजुरा : खजुरामा स्थानीय तह निर्वाचनमा माओवादी र कांग्रेसको गठबन्धनलाई बिरबलले पकाएको खिचडीसंग तुलना गर्दैछ्न मतदाताहरु । ‘ बिरबलको खिचडी कहिल्यै पाकेन, खजुरामा गठबन्धनको हालत पनि यस्तै हुन्छ’। खजुरा-५ का मतदाता शेर अलि बताउँछन् ।
‘निर्वाचनमा कांग्रेस र तिनका केही आफन्ती दलहरु जो जहिल्यै अस्थिरतामा खेल्न रुचाए तिनिहरुको बिचको तालमेललाई जनता जवाफ दिन तम्तयार भएर बसेका छन् । वैशाख ३० को परिणाम एमालेको पक्षमा आउनेछ ।’ एमाले प्रचार विभाग प्रमुख सतिस निरौलाको कथन छ । यो तालमेल सिर्फ एउटै कुरामा अडिएको छ कुर्सी । सत्ताको मोह र जनताको बर्वादी नै यसको एकमात्र लक्ष्य हो । उनी अगाडि थप्छन् ।
खजुराका ४ वडा जहाँ अपेक्षाकृत विकास र सचेतनाले पछाडी रहेका छन्, ती वडाहरुमा एक्लै लड्ने तर पालिका अध्यक्ष र उपाध्यक्ष अनि अपेक्षाकृत सामाजिक चेतना उठेका ४ वडाहरुमा तालमेल गर्ने निर्णयले आफू चकित भएको नाम नबताउने शर्तमा गठबन्धनका एक नेताले बताए । एक्लै एक्लै लड्ने वडाहरुमा गठबन्धनका अध्यक्ष र उपाध्यक्ष कसरी भोट माग्न जानेहुन् ? अहिले नै ४ वडा मिलाउन नसक्ने गठबन्धनले कथं निर्वाचन जितेमा कसरी काम गर्दा हुन् ? यो आम खजुराबासीले गरिरहेको प्रश्न हो ।
पछाडि पारिएको समूदायको हितका कुरा गरेर कहिल्यै नथाक्ने गठबन्धनवालाहरुले त्यही पछाडि पारिएको वडाहरुमा गठबन्धन गर्न नसक्नु हाँस्यास्पद रहेको खजुराको राजनीतिलाई नजिकबाट नियालीरहेकाहरुको धारणा रहेको छ । एकीकृत समाजवादीलाई समेत लखेटेर गरिएको गठबन्धनलाई जसरी पनि हराउन एकीकृत समाजवादीका धेरै कार्यकर्ताले एमालेलाई भोट दिने मन बनाएको बताएका छन् ।
गठबन्धनले पार्टी हित भन्दा पनि व्यक्ती हित लाई प्राथमिकता दिएको भन्दै धेरै कांग्रेसी कार्यकर्ताहरुले मत मार्फत विद्रोह गर्ने एक कांग्रेसी नेताले बताए ।