जानकी माओवादीका नेता एमालेमा प्रवेश, एमाले उम्मेदवार भन्छन् -‘जित निश्चित छ’

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. २ बेलभारका होनहार दुई जना माओवादीका नेता एमालेमा प्रबेश गरेका छन् । जानकी गाउँपालिका वडा नं. २ को बेलभारमा आयोजित एमालेको घरदैलो कार्यक्रममा जानकी २ बाट २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्यद्वय जयराम काँदु र दिल बहारी काँदु एमालेमा प्रबेश गरेका हुन् ।

जानकी-२ मा १५ बर्षदेखि निरन्तर माओवादीमा सक्रिय युवा नेता जयरामको पकड राम्रो रहेको मानिन्छ । यसअघि जानकीमा वडा सदस्य समेत रहेका रजनी शर्मा पनि एमालेमा प्रबेश गरेकी थिइन् । नेकपा एमालेले जानकी गाउँपालिकामा पुनः क्लिन स्विप गर्ने लयमा अगाडी बढेको पाइन्छ ।

अन्य दलका प्रभावशाली नेताहरु समेतलाई पार्टी प्रवेश गराई एमालेमा जनलहर कायम गरेको छ भने एमाले वडा नम्बर दुइमा अध्यक्षमा चुनावी माहोलमा होमिएका किशोर थापाले जानकीलाई एमालेमय बनाउन कुनै कसर बाकी नराख्ने बताएका छन् । एमालेबाट पालिका अध्यक्षमा चुनावी अभियानमा लागेका हिमान्शु यादवको लोकप्रियता दैनिक बढी रहेको छ भने उनको चुनावी अभियानमा घरघरबाट स्वस्फूर्त रुपमा स्थानियहरु जोडिदै आएका छन् ।

प्रतिक्रिया