खजुरा : एमाले बाँकेका अध्यक्ष तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरामा एमालेका जनप्रतिनिधिलाई जनताले बहुमत सहित जिताउने बताएका छन् । पालिकामा एमालेका जनप्रतिनिधिहरुलाई बहुमतले जित्ने उद्घोष गरेका छन् । खजुराको ४ वटामा गठबन्धन भएको र ४ मा गठबन्धन नभएर अलग अलग चुनावी मैदानमा रहेकाले यसमा एमालेको जित सुनिश्चत रहेको कक्षपतिले बताए ।
खजुरामा एमालेको संगठन अन्य दल भन्दा बलियो छ । अन्य दल अझैपनि धुलमिलमा छन् । हामि एक ढिक्का रहेर असन्तुष्टहरुलाई पनि मिलाएर लगेका छौं । खजुरामा एमालेका तर्फबाट अध्यक्ष पदका सुमन मल्ल विकास गर्ने युवा उम्मेदवार भएकाले पनि उनको नेतृत्वमा खजुरामा एमालेका उम्मेदवारहरुले बहुमतका साथ निर्वाचित हुनेमा विस्वस्थ रहेको बताए ।
‘हामिले सोझो पारामा चुनाव जित्दैछौ’ – कक्षपति दावि गर्छन । २०७४ सालमा एमाले बाट निर्वाचित भएका कक्षपतिले माओबादीका डम्बर विक ‘तुफान’नलाई भारी मतअन्तरले हराएका थिए । अहिले तिनै डम्बर विक गठबन्धनका तर्फबाट खजुरा गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।
सुमन र डम्बरको प्रतिस्पर्धा रहेको देखिएपनि सुमनले ५ वर्ष भित्र वडामा गरेको उल्लेख्य विकासले गर्दा पनि मतदाताले विवेक प्रयोग गरेर जिताउनेमा ढुक्क रहेको उनले बताए । खजुरामा एमालेका उम्मेदवार बाहेकको विकल्प नरहेको कक्षपतिले उल्लेख गरे । खजुरा गाउँपालिकामा एमालेको सरकार रहदाँ देशमै उकृष्ट विकासका काम गरेको दावी गरेका छन । खजुरामा गौरवका आयोजना संचालनमा रहेकाले पनि खजुरा अन्य पालिका भन्दा अघि रहेको कक्षपतिले दावी गरे ।
घरदैलो अभियानमा सक्रिय रुपमा एमालेका जनप्रतिनिधिहरुलाई जिताउन लागिपरेका कक्षपति जनताको अपेक्षा पुरा गर्ने पार्टि एमाले रहेको कुरा स्वयम जनताले बुझेको उल्लेख गरे । ‘खजुरामा गठबन्धनमा किचलो छ, हामीले एमालेमा रहेका साथिहरुलाई मिलाएर लगेका छौं । एमालेले चुनाव हर्षोल्लासमय रुपमा लिएको छ । हामिले उठाएका उम्मेदवारहरु पपुलर छन् । जनताले चिनेको जानेको र विकास गरेका उम्मेदवारहरु रहेकाले पनि एमालेले खजुरामा बहुमत ल्याउँछ ।’– कक्षपतिले भने ।