नरैनापुरको विकट गाउँमा एमाले उम्मेदवार पद्मावतीको घरदैलो

नेपालगन्ज : नेकपा एमालेले नरैनापुरमा घरदैलो अभियानलाई तिब्रता दिएको छ । नरैनापुर वडा. २  रोशनपुर्वामा मेयर पदकी उम्मेदवार पदमावती यादवलाई स्थानीयले भब्य स्वागत गरे । अति विकट मानिएको उक्त ठाउँको विकासका लागि यादवले प्रतिवद्धता जनाएकी छन् ।

रोशनपुर्वालाई सडक र बिजुली दिने पहिलो प्राथमिकता भएको यादवले बताइन । स्थानीयले ‘गाउँभरि एकै साथ लगाए नारा– अबकी बार सूर्य की सरकार ।’ नारा लगाएका छन् ।

उक्त गाउँमा हालसम्म नेपालको कुनै पनि सडकसंग जोडिएको छैन । गाउँमा पुग्न लाई बिगतको बर्ष  जस्तै भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यस्ता विकटा झेलिरहेका नागरिकलाई विकासको खाँचो रहेको यादवले बताइन ।

प्रतिक्रिया