खजुरा २ मा समर खत्रीको प्रभाव बढ्दै

खजुरा : बाँकेको खजुरा गाउँपालिका एमाले तर्फका वडा नम्बर २ का अध्यक्ष पदका उम्मेदवार समर बहादुर खत्रिले आफ्नो सक्रियता बढाउँदै लगेका छन । अध्यक्ष तथा सदस्य पदका उम्मेदवार आफ्ना समर्थकहरु सहित हरेक घरमा आफ्ना योजना तथा प्रतिवद्धता लिएर पुगिसकेका छन ।

गाउँटोल देखि बजार चोकसम्म घरदैलो अभियान सकिएको अध्यक्ष पदका उम्मेदवार खत्रिले जनाए । घरदैलो अभियानका क्रममा मतदाताले मिश्रित प्रतिक्रिया दिएको खत्रिले बताए । जनताको अपेक्षा बढेको छ उनले भने । जनताको अपेक्षा अनुसार हामिले प्रतिवद्धता पत्र बनाएरै घर घरमा पुगिरहेकोले समर्थन पनि सोहि अनुसार प्राप्त भएको उल्लेख गरे । ‘म लगाएत मेरो टिमलाई जनताले विस्वास गरेकाले बहुमत पाउनेमा ढुक्क छु’ उनले भने ।

एमालेलाई जनताले पहिले पनि विस्वास गरेकै हो र अहिले पनि जनताको साथ समर्थन उत्तिकै रहेको पाइएको एमाले खजुरा कमिटिका अध्यक्ष गेहेन्द्र धितालले जानकारी दिए । धितालले २०७४ सालमा भन्दा पनि यस पटक जनताको लहर एमाले प्रति बढेको बताए । गठबन्धनलाई तोडेर हाम्रा उम्मेदवारले विजय हासिल गर्नेमा कुनै दुईमत नभएको अध्यक्ष धितालले जनाए । गठबन्धनका तर्फबाट धनिराम वलि अध्यक्षमा उम्मेदवारी दिएका छन ।

माओबादीका नेता गठबन्धनका उम्मेदवार धनिराम वलि नेपालगन्ज बस्ने र नेकपा एमालेका उम्मेदार खत्रि सितापुर गाउँमै बस्ने भएकाले पनि खत्रिले जनतासंग भिजेका र जनताको पिरमर्का बुजेकाले उनको सम्भावना अझ धेरै बलियो रहेको स्थानियहरु बताउँछन । खजुरा गाउँपालिकाको वडा नम्बर २ मा अन्य वडाको भन्दा धेरै मतदाता संख्या रहेकाले पालिका अध्यक्षको लागि पनि उक्त वडाका जनताको मत विशेष रहने सम्बद्धहरु बताउछन । २०७४ सालको स्थानिय तहको निर्वाचनमा एमालेका उम्मेदारले विजयि हासिल गरेका थिए । समर खत्रि विभिन्न सामाजिक कार्यमा समेत अग्रसर हुदै आएकाले उनको सम्भावना ओलिको भन्दा अधिक रहेको स्थानियहरु बताउँछन ।

प्रतिक्रिया