बैजनाथ,बैशाख २२ : नेपाली कांग्रेस बैजनाथ गाँउपालिकाका उम्मेदवार प्रकाश बहादुर शाहीले चिसापानीलाई बाँके जिल्लाकै नमूना पर्यटकिय क्षेत्र बनाउने दावी गरेका छन् ।
बिहिबार बैजनाथ गाँउपालिका वडा नं १ चिसापानीमा घरदैलो अभियानमा क्रममा शाहीले अहिले वडाकै गाभर भ्यालीमा होमस्टे सञ्चालन गरी पर्यटन क्षेत्रलाई टेवा दिए पनि अव वडालाई नै पर्यटकिय हब बनाउने बताउनु भएको हो । उम्मेदवार शाहीले बाँके जिल्लाको बैजनाथ गाँउपालिकालाई जिल्लाकै नमूना पर्यटकिय क्षेत्र बनाउन सके स्थानियलाई रोजगारी सिर्जना गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न सकिने बताउनुभयो ।
शाही भन्नुहुन्छ्, “बाँके राष्ट्रिय निकुञ्जका कारण बैजनाथको वडा नं १ र ४ नम्वर वडामा वन्यजन्तुले स्थानियको कृषि उत्पादनमा नोक्सान गरेको छ । यसबाट प्रभावित जनतालाई निकुञ्जसंग समन्वय गरी बन्यवन्तुबाट प्रभावित नागरिकका लागि विशेष राहत प्याकेज ल्याउने छु ।”
यस्तै बैजनाथ गाँउपालिकाका अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाहीले नौवस्ता औद्यौगिक क्षेत्रबाट विस्थापित भएका जनताको समस्या समाधान गर्ने बताउनु भएको छ । बैजनाथ २ डिगियामा घरदैलो अभियानका क्रममा शाहीले औद्यौगिक क्षेत्र सञ्चालन हुँदा धेरै जनाले रोजगार पाए पनि त्यहाँ बसोबास गर्ने धेरै नागरिक विस्थापित हुने गर्दा सवैभन्दा पहिले त्यस क्षेत्रका नागरिकको समस्या समाधान गर्ने उदघोष गर्नुभयो ।