
नेपालगन्ज : काठमाडौं महानगर पालिकाको निर्वाचनमा एउटा नाम सर्वाधिक चर्चामा रहेको छ, ‘बालेन शाह’ । एक र्यापर युवापुस्ता माझ त्यसै लोकप्रिय त्यसैमा देशको मुटु काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिए उनको चर्चा त्यतिकै बढ्यो । हामिले चर्चा गर्न खोजेको बाके खजुरा गाउँपालिका वडा नम्बर ३ का स्वतन्त्र उम्मेदवार बिकास काउचा मगर र बालेनमा धेरै कुरा समान छन् भने धेरै कुरा फरक पनि । बालेन जस्तै बिकास स्वतन्त्र उम्मेदवार हुन् । बालेन प्रमुखमा लडेका छन् भने बिकास वडा अध्यक्षमा । बालेन र्यापर हुन् भने बिकास युवा उधमी । बालेन संग युवा र सेलेब्रेटीको जमात छ भने बिकास संग वडा भित्र रहेका घरघरका बासिन्दा र अर्को फरक भनेको बालेनको चुनाव चिन्ह लाठी हो भने बिकासको खानेपानीको धारा ।
यता समानताको कुरा गर्ने हो भमे बाले र बिकास दुबै युवा हुन् , दुबैमा परिवर्तनको जोश, ल्याकत र भिजन छ । दुबै आ-आफ्नो क्षेत्रमा सफल छन् । दुबै स्वतन्त्र उम्मेदवार हुन् र अर्को सबल पक्ष भनेको दुबैको चुनावी र्याली र चुनावी चर्चा राजनैतिक दलबाट उम्मेदवार बनेका भन्दा कयौं हजार गुणा यिनको चर्चा छ । खजुरा वडा नम्नर ३ मा स्वतन्त्र उम्मेदवार बनेका बिकास काउचा मगरको चुनावी माहोलले राजनैयिक दलका उम्मेदवार र राजनैतिक दललाई टाउको दुखाइको बिषय बनेको छ । उसो त खजुरा वडा नम्बर ३ दलगत भन्दा पनि ब्यक्तिगत रुपमा भोट हाल्ने वडाको रुपमा परिचित रहेको छ । जसको प्रत्यक्ष फाइदा काउचालाई हुने बताइदै छ । गाउँको हरेक घरबाट कम्तीमा पनि एक जना स्वतन्त्र उम्मेदवार काउचाको र्याली तथा घरदैलोमा हिड्ने एक किसिमको नियम जस्तै लहर चलेको छ ।
घरदैलो अभियानमा घरघरबाट जोडिदै चुनावी प्रचारमा सामेल हुने वडाबासीले उम्मेदवार काउचाको मन बलियो मात्रै बनाएको छैन वडाबासीले दिएको आशिर्वाद पनि महत्त्वपूर्ण छ । हरेक घरमा मिलेको माया, जितको आशिर्वाद र घरघरबाट प्राप्त सहयोगले काइचालाई चुनाव लड्न सहज तुल्याएको छ, जसले वडाको बिकास र वडाबासीको सेवा सुबिधाको लागि लाग्न प्रतिबद्ध बनाएको अनुभव छ काउचा संग । मेरो गाउँ, मेरो वडा नै मेरो सब थोक हो । मैले युवापुस्ताको प्रतिनिधित्व गरेर वडाको समुन्नत बिकास र वडाबासीको सेवा गरेर राजनीतिमा युवापुस्तालाई आकर्षित गर्न मेरो उम्मेदवारी हो , काउचाले बताए ।
