छ महिना भित्रैमा भष्टाचार निर्मुल : भण्डारी

बर्दिया, गुलरीया : स्वतन्त्र तर्फबाट गुलरीया नगरपालीकामा मेयर पदका उमेदवार राजु भण्डारीले आफुले जितेमा पूरा कार्यकाल आफुले छ महिना भित्रैमा भष्टाचार निर्मुल गर्ने बताएका छन् ।

स्वतन्त्र तर्फबाट गुलरीया नगरपालीकामा मेयर पदका लागी उम्मेददारी दिएका युवा नेता भण्डारीले आफुले चुनाव जितेमा भष्टाचार मुक्त नगरपालीका बनाउने, मालपोत, बिधुत,खानेपानी लगायत अती आवस्क बस्तुमा बिशेसछुट दिइने र नगरलाइ हराभरा बनाइ स्वच्छ नगरको स्थापना गर्ने बताएका छन ।

आफु एक इमान्दार कर्मचारी भइ धैरै स्थानमा कार्य दक्षताको अनुभव बटुलेका भण्डारी यूवा अवस्थामा मैले आपmनो गाउ समाजका लागी केही गर्नु पर्छ भनी उम्मेददारी दिएको हो बताउछन । स्थानीयको चासोको बिषय सम्बन्धित मुद्दा, चाहेको बिकास र अपेक्षामा आफु सधै वफादार रहने उनी बताउछन ।

नगरवासी सबैको आशा र भरोसाको केन्द्र रहेका भण्डारीे जनताले आफुलाई बिश्वास गरेर जिताएमा नगरपालिकामा रहेको बिधमान समस्यालाइ जडैदेखी निर्मुल पार्ने र नयाँ किसिमले बिकासको कामको थालनी गर्ने बताएका छन ।
बिगतमा जनप्रतीनिधी हरुबाट भएका कमी कमजोरी हरुलाइ राम्रोसंग आफुले नियालेको , अध्ययन गर्ने मौका पाएको भण्डारी बताउछन ा आफनो इच्छा जनताकै सेवा गर्ने हो र जताको इच्छा र चाहना अनुसार नै नगरपालिकाको बिकास कार्यमा काम गर्ने हो त्यसैले पनि जनताको समस्या के छन् बुझ्दै टोलटोलमा पुग्दै छु, आइतवार आफनो घोषणपत्र सार्बजनीक गर्दै भण्डारीले बताए ।

प्रतिक्रिया