सुमन मल्लले ‘मनका कुरा’ लेखेर खजुराका मतदातालाई पठाए चिठ्ठी

मनका कुरामा खजुराको समृद्ध र यहाँका जनताको भलाई कसरी गर्ने भन्ने उल्लेख छ ।

जुरा : बाँके खजुरा गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेले अघि सारेका उम्मेदवार सुमन मल्लले मतदातालाई चिठ्ठि पठाएका छन । अध्यक्ष पदका उम्मेदवार मल्लले आगामि ५ वर्षका लागि १ सय १२ बुँदे प्रतिवद्धता पत्र सहित चुनावी मैदानमा होमिएको भन्दै मतदातालाई आफ्ना मनका भित्रि कुरा लेखेर पठाएका छन् ।

अध्यक्षपदका उम्मेदवार मल्लले मतदातालाई पठाएको चिठि पढेर खजुरा गाउँपालिका वडा नम्बर ७ का ८० वर्षिय कर मोहोम्मद खाँले सुमनको जित खजुरामा हुनेमा आशका नरहेको प्रतिक्रिया दिए । खाँले सुमनको पत्रमा उल्लेख भएको दुखमा साथ दिने मेरो स्वभाव हो भन्ने शव्दले झनै भावुक बनाएको उल्लेख गरे । खजुरा गाउँपालिका २ का खगेन्द्र सुवेदीले सुमनको चिठ्ठि हातमा परेपछि क्षणभरमै पढ्न भ्याए ।

चिठिका हरेक शव्द मनछुने रहेको प्रतिक्रिया दिदैं उनले ‘म नेता बन्न होइन सेवक बन्नका लागि निर्वाचनमा होमिएको हो’ भन्ने कुरा असाध्यै मन परेको बताए । वडा नम्बर ५ का तसरोथ खाँले पनि सुमनले पठाएको चिठि प्राप्त गरिसकेका छन । खाँले चिठ्ठि पढेपछि अध्यक्षपदका उम्मेदवारको बाध्यता बुझेर अध्यक्षको लागि आफै प्रसारमा खटिएका छन ।

नागरिकको खुसिमा सामेल हुने र दुःखमा साथ दिने , नागरिकसंग सोझो र सिधा संवाद गर्ने बानीको सुवेदीले प्रशंसा गरे ।

यस्तो छ अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले मतदातालाई पठाएको चिठ्ठिको पुर्णपाठ l

प्रतिक्रिया