खजुरा : नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्रको संयुक्त वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले खजुरा गाउँपालिकाको वडा नम्बर २ मा घरदैलो सुरुवात गरेका छन् ।
आज विहान खजुरा गाउँपालिका २ सि-गाउँबाट घरदैलो अभियानको सुरुवात गरिएको छ । घरदैलो अभियानमा खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार डम्बर विक तुफान, उपाध्यक्ष मञ्जु मल्ल, २ नम्बर वडा अध्यक्ष धनराम ओली, वडा सदस्यहरु छवि विष्ट, वबिलाल सेन्चुरी (सुनार), प्रभा विक र मैसरी पुन सहितको टोलीले अभियानको सुरुवात गरेको हो ।
घरदैलो अभियानमा नेपाली कांग्रेस, माओवादीका नेता तथा कार्यकर्ता, शुभचिन्तक, स्थानीयहरुहको उत्साहजनक सहभागिता रहेको थियो । घरदैलो अभियानमा गठबन्धनका उम्मेदवारले जनताका समस्या टिपोट गर्दै खजुराका जनताको आयस्तरलाई बढाउन आफूहरुले काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
खजुरा गाउँपालिकामा कांग्रेस र माओवादी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । खजुरा गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीले ८ वडा मध्ये ४ वडामा गठबन्धन गरेको छ । वडा नम्बर १ र ३ मा कांग्रेसले वडा अध्यक्ष तथा २ र ४ नम्बर वडामा माओवादीका उम्मेदवारले वडा अध्यक्ष पाएका छन् । अन्य ४ वडामा भने एकल प्रतिस्पर्धा रहेको छ ।