खजुराका आठ वटै वडालाई नमुना बनाउँछौं– अध्यक्षका उम्मेदवार मल्ल

नेपालगंज : बाँकेको खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले ८ वटा वडालाई नमुना बनाउने उद्घोष गरेका छन । मतदाताको घरदैलोमा पुग्नेक्रममा आज खजुरा ४ ईगाउँमा आयोजित टोल भेलामा मल्लले सम्पूर्ण वडालाई प्राथमिकता दिएर काम गर्ने बताए ।

अध्यक्षका उम्मेदवार मल्लले ११२ बुँदे प्रतिवद्धतापत्र सहित आफु जनताको घरदैलोमा पुगिरहेको भन्दै विकास र समृद्धिका लागि आप्mनो उम्मेदवारी रहेको बताए । एमाले खजुराले सुमन मल्ललाई अध्यक्ष पदका उम्मेदवार बनाएपछि खजुराका जनतामाझ एक किसिमको आशा पलाएको छ ।

मल्लले घरदैलो अभियानमै रहदाँ खजुराका बाँकी ७ वडालाई पनि नमुना बनाउने उद्घोष गरेका हुन । वडा नम्बर १ का वडा अध्यक्ष भएर वडालाई जिल्लकै नमुना बनाएका मल्लले खजुराका अन्य वडालाई थप व्यवस्थित गराएर विकास गरिने योजना रहेको सुनाए ।

अध्यक्ष सुमन मल्ल, उपाध्यक्ष ताजरुन निशा सहितको टोलीले खजुराका वडा नम्बर १,२,३,४ मा टोल भेला गरि जनतासँग अन्तक्रिया गरिसकेको छ ।

प्रतिक्रिया