नेपालगन्ज ९ मा बलियो बन्दै एमाले, रेग्मीको उम्मेदवारीले मतदाता उत्साहीत

नेपालगन्ज उपहानगरपालिका ९ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदमा उम्मेदवारी बनेका गोविन्द रेग्मी घरदैलो अभियानमा जुटेका छन् । शालिन व्यक्तित्वको छवी बनाएका रेग्मी वडाबासीमा परिचित छन् । आफ्नो वडालाई सम्बृद्ध र विकसित वडाकोरुपमा विकास गर्न आफु चुनावी मैदानमा उत्रिएको उनी बताउँछन् ।

वडाको भौतिक पूर्वाधार विकास देखि शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिइने उनको भनाइ छ । आफ्नो वडालाई नमुना वडाकारुपमा विकास गर्नका लागि आफुलाई मत दिन उनले सबै मतदातासँग आग्रह गरेका छन् । नेकपा एमालेका पुराना नेताकोरुपमा पहिचान बनाएका रेग्मीप्रति मतदाताहरु पनि उत्साहित देखिएका छन् ।

वडाबासीको पीरमर्का बुझ्ने उम्मेदवारलाई आफुहरुले जिताउने वडाबासीको भनाइ छ । वडाको विकासका लागि मान्छे हेरेर मत दिने पनि मतदाताहरु बताउँछन् । नमुना वडा बनाउन सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने रेग्मीको प्रतिबद्धता छ ।

प्रतिक्रिया