
नेपालगन्ज : राप्तीसोनारी गाउँपालिकामा काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार तप्त पौडेल र उपाध्यक्षकी उम्मेदवार मनिषासिंह थारुले आज राप्तीसोनारी गाउँपालिका १ कुसुममा घरदैलो गरेका छन् ।
त्यसक्रममा पौडेलले कुसुमबासीले झेल्दै आएका समस्या समाधानमा आफूहरु प्रतिबद्ध रहेको बताए । कुसुम आफ्नो घरजस्तै लाग्ने बताउँदै अध्यक्ष पदका उम्मेदवार पौडेलले आफू निर्वाचित भए कुसुम क्षेत्रको भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य र खानेपानी समस्या हल गरिने विश्वास दिलाए । घरदैलोका क्रममा मतदाताहरुले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विभिन्न सवालमा आवाज उठाएका थिए ।
घरदैलोमा वडा अध्यक्षका उम्मेदवार तेजबहादुर सुवेदी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि यमबहादुर खड्का, वडा नम्वर १ का वडा अध्यक्ष चन्द्रबहादुर वली, काँग्रेस वडा सभापति मोहनराज डाँगी, उपसभापति चिरञ्जीवि केसी, निवर्तमान उपसभापति कमलराज कार्की लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।