खजुरा ३ मा स्वतन्त्र उम्मेदवार काउचा मगरले चुनाव चिन्ह पाए ‘खानेपानीको धारा’

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर तीनको वडा अध्यक्ष पदमा स्वतन्त्र उठेका बिकास काउचा मगरले चुनाव चिन्ह खानेपानीको धारा पाएका छन् ।

खजुरा तिनमा बलियो रुपमा प्रस्तुत भएका स्वतन्त्र उम्मेदवार बिकास काउचा मगरलाई निर्वाचन अधिकृतको कार्यालयले खानेपानीको धारा चुनाव चिह्न दिएको हो ।

खजुराको मुख्य बजार समेत ३ नम्बर वडामै रहेको कारण पनि यस वडालाई महत्त्वपूर्ण मानिदै आएको छ ।

खजुरा वडा नम्बर तिनमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका बिकास काउचा मगर, माओवादी- कांग्रेसको गठबन्धनबाट कांग्रेसका उम्मेदवार रमेश सिजाली र एमालेका उम्मेदवार पुर्ण बहादुर भण्डारी चुनावी रेसमा अगाडि देखा परेका छन् ।

प्रतिक्रिया