विश्व भेटेरिनरी दिवस : पशु कल्याण आवश्यक


नेपालगन्ज : बाँकेको नेपालगन्जमा विश्व भेटेनरी दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा विहान प्रभातफेरी र अन्तरक्रिया गरेर दिवस मनाइएको हो ।

विहान ९ बजे निस्किएको प्रभातफेरी नेपालगन्ज बजारको परिकर्मा गरि पुन कार्यालयमा गई कोण सभामा परिणत भएको थियो । छलफल कार्यक्रममा बोल्दै एनिमल नेपालका प्रमुख डाक्टर दीपेन्द्र कुमार शाहले पशु र मानिसको सम्बन्ध अत्यन्त नजिकको हुनपर्नेमा जोड दिए । पशुलाई पनि मानिस सरह हेरचाहको आवश्यकता रहने हुदाँ यसमा विशेष ध्यान दिन आवश्यक रहेको उनले उल्लेख गरे । पशु अधिकारको विषयमा सम्बन्धित निकायले चासो दिन पर्नेमा जोड दिएका थिए ।

स्थानिय तहमा रहेका पशु सेवा शाखाहरुले पशु कल्याण सम्बन्धी कार्य गर्न आवश्यक रहेको जोड दिएका छन् । नेपालको आर्थिक मेरुदण्डको रुपमा रहेको पशु पालनलाई हौसला दिन जरुरी रहेको उपस्थित सहभागिले उल्लेख गरे । जिल्ला दुग्ध व्यवसायी संघका अध्यक्ष दीपक भण्डारीले पशु उत्पादनको बजारीकरणका बारेमा सरकारले सोच्न जरुरी गरेको बताए । पशु स्वास्थ्यको विषयमा गाउँ गाउँमा सेवा पुगाउन आवस्यक रहेको भण्डारीले बताए ।

विश्व भेटेरिनरी दिवस मनाइरहँदा भेटेरिनरी पेशाको सुरक्षा र सेवाको बारेमा सम्झाउने उल्लेख गरे । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अभिकारीले पशु सेवा तर्फका प्राविधिकहरु जोखिममा बताइन । भेटेरीनरी सेवामा संलग्न प्राविधिकहरुको निशुल्क बीमा गरिनु पर्ने माग समेत उपस्थित प्राविधिकहरुले गरेका थिए ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भेटेरीनरी व्यवसायको प्रबंधन गर्न आवश्यक रहेको प्रमुख अधिकारीले जनाइन । कार्यक्रममा एनिमल नेपाल र पशु स्वास्थ तालिम तथा परामर्श सेवा केन्द्रले सहकार्य गरेका थिए ।

प्रतिक्रिया