नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मनोनयन दर्ता गराएका तीन जनाको उम्मेदवारी रद्द भएको छ ।
नेपालगञ्ज उपमहानगरको-१७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका-३ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं. ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईले जानकारी दिए ।
पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए । मनोनयन हुनुअघि मात्रै उनी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।
बैंकले कालोसूचीमा राखेका कारण एमालेको तर्फबाट मनोनयन गरेका पाठकको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत चौलागाइले जानकारी दिए ।
यसैगरी उपमहानगरपालिका वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।