नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार प्रशान्त बिष्टले वडा नम्बर २० मा त्यहाँका अध्यक्षका उम्मेदवार रबिन्द्र लामिछानेसहित सबै उम्मेदवारहरुसंगै एकसाथ घरदैलो गरेका छन् ।
मेयर पदका उम्मेदवार विष्ट, वडाका उम्मेदवार, नेता, कार्यकर्ताहरु आज वडा नम्बर २० का जनता माझ पुगेर घरदैलो गरेका हुन् । घरदैलोका क्रममा नेपालगन्ज २० का जनताले आफूहरुलाई हौसला दिएको विष्टले सुनाए ।
“प्रचारप्रसारको समय एकदम छोटो भएकाले मतदाताहरुलाई भेट्न पनि समय मिलिरहेको छैन, सकेसम्म सबैलाई भेट्न कोशिस गरिरहेका छौं,” बिष्टले भने ।
वडाका अधिकांश मतदाताहरु उत्साहित भएर ठाउँ ठाउँमा आफूहरुलाई स्वागत गर्दा धेरै हौसला जागेको बिष्टले बताए । वडा नम्बर २० का जनताले नेपालगन्जको मेयरमा युवा नै आबश्यक रहेको हुँदा प्रशान्त जस्तो सहयोगी, मिलनसार व्यक्ति नै खोजिएको बताएका छन् । बिष्टसहितको उम्मेदवार टोली त्यहाँ पुगेपछि स्थानीयमा नयाँ उत्साह पलाएको देखिएको छ ।