
नेपालगन्ज : बाँकेको खजुरा गाउँ पालिकाको वडा नम्बर ४ एफ गाउँका मतदाताले एमालेका उम्मेदवारलाई भोट दिने प्रतिबद्धता जनाएका छन । आज एक कार्यक्रमका बीच मतदाताले नै उमेदवार सँग भएको छलफल पछि यसपालिको भोट सुमन मल्लको टिमलाई दिने प्रतिबद्धता दिएका एमाले खजुराका नेता गोविन्द शर्माले जानकारी दिए ।
नेकपा एमालेको टोल भेला क्रममा कम्युनीस्ट आन्दोलनमा योगदान दिने अग्रज लाई सम्मान समेत गरिएकोथियो । खजुरा गाउँ पालिकाको विकासका लागि आफू कटिबद्ध भएर लाग्ने अध्यक्ष पदका उम्मेदवार सुमन मल्लले बताए । अध्यक्ष पदका उमेदवार मल्ल, उपाध्यक्ष ताजरुन निशा, वडा अध्यक्ष तिलकविर सुनार, सदस्यहरुलाई आफ्नो मत दिएर विजय बनाउन एमाले खजुरा कमिटीका उपाध्यक्ष झक बहादुर पौडेलले आग्रह गर्नुभयो ।
